१ जेठ, २०८१ मंगलबार

11:28:06 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अबरुद्ध पोखरा–बाग्लुङ सडक सञ्चालन, दोषीलाई कारबाहीको प्रतिबद्धता

Nepal Business

१९ बैशाख, २०७९

पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरातर्फ आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

अबरुद्ध पोखरा–बाग्लुङ सडक सञ्चालन, दोषीलाई कारबाहीको प्रतिबद्धता

पोखरा, 

सवारी दुर्घटनामा एकाघरका दुई जनाको मृत्युपछि आक्रोशित पीडितका परिवारले बन्द गराएको पोखरा–बाग्लुङ सडकखण्ड सञ्चालनमा आएको छ । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ लेवाडेमा आइतबार बिहान कारको ठक्करबाट मोटरसाइकल चालक कुश्मा नगरपालिका–४ का ४५ वर्षीय जितबहादुर पुनको सोमबार  उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा र उहाँका छोरी १८ वर्षीया सविनाको अस्पताल ल्याउँदै गर्दा आइतबरा मृत्यु भएपछि दोषीलाई कारवाही हुनुपर्ने मागसहित राजमार्ग बन्द गरिएको थियो ।

पीडितले राजमार्गको याम्दीपुलमा सडकमा बसेर सवारी आवागमन अवरुद्ध गरेर बाटो बन्द गरेकामा अहिले सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । 

मृतकका परिवार तथा आफन्तहरुले दुर्घटनामा सङ्लग्न कार चालकलाई  अविलम्ब पक्राउ गरी कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । दुर्घटना गराउने कारका चालक हालसम्म फरार रहेको बताइन्छ । 