२५ बैशाख, २०८१ मंगलबार

06:21:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनीप्रति निर्वाचन आयोगको ध्यानाकर्षण, सहज र निरन्तर सेवा दिन आग्रह

Nepal Business

१९ बैशाख, २०७९

सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने

इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनीप्रति निर्वाचन आयोगको ध्यानाकर्षण, सहज र निरन्तर सेवा दिन आग्रह

काठमाडौँ,

निर्वाचनको मिति नजिकिएका समयमा इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकतासमेत भइसकेको आयोगले जनाएको छ ।

विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकतासमेत भइसकेको आयोगले जनाएको छ ।

“इन्टरनेट सेवा अवरोध भएमा संविधानले प्रत्याभूत गरेको नागरिककको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ”, आयोगको विज्ञप्तिमा भनिएको छ, “मुलुकभर सबै स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकाले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोग निर्देशन दिन्छ ।”

सञ्चारमाध्यमलाई ध्यानाकर्षण

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को उल्लङ्घन हुने गरी कतिपय सञ्चारमाध्यमले विभिन्न दल र उम्मेदवारका पक्ष र विपक्षमा तथा फलानो पक्षले जित्ने वा फलानो पक्षले हार्ने भन्ने जस्ता पूर्वानुमान गर्ने प्रकारका सामग्रीसमेत प्रकाशन र प्रसारण गरिरहेको जनाएको छ । 

आयोगले प्रेस काउन्सिल नेपालको सहयोगमा सञ्चारमाध्यमहरुका निर्वाचनसँग सम्बन्धित सबै सामग्रीको नियमित अनुगमन गरिरहेको र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिताविपरीतका कुनै पनि साम्रग्री प्रकाशन तथा प्रसारण नगर्न, नगराउन सबै सञ्चारमाध्यमलाई पुनःआग्रह गरेको छ ।