२१ माघ, २०८१ सोमबार
01:55:46 AM
१९ बैशाख, २०७९
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो
काठमाडौँ,
सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आइजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध पोखरेलले सोमबार रिट निवेदन दायर गर्नुभएको हो । उहाँले आफू वरिष्ठताका आधारमा आइजीपी हुनुपर्ने माग गर्नुभएको छ ।
रिट निवेदनको प्रारम्भिक सुनुवाइ बुधबार हुनेछ । यता नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भने सोमबार नै पदभार ग्हण गरिसक्नुभएको छ ।