२१ माघ, २०८१ सोमबार
01:37:56 AM
१९ बैशाख, २०७९
महासंघले आगामी बजेटमा समावेश गर्नको लागि अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिँदै यस्तो व्यवस्थाको माग गरेको हो ।
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रमोटर शेयरलाई साधारण शेयर सरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासंघले आगामी बजेटमा समावेश गर्नको लागि अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिँदै यस्तो व्यवस्थाको माग गरेको हो ।
महासंघले विदेशी नागरिकले नेपाल धितोपत्र विनिमय बजारमा शेयर खरिद बिक्री गर्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएको छ । त्यस्तै विदेशी मुद्राको कारोबार खुल्ला गर्नुपर्ने माग पनि अगाडी सारेको छ ।
कम्तिमा नेपाली रुपैयाँ र अमेरिकन डलरको कारोबार गर्ने व्यवस्था मिलाएको खण्डमा हेजिङ्गको समस्यालाई टेवा पुग्ने महासंघको भनाई छ ।
नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायतका उपकरणको व्यवस्था ल्याइनुपर्ने, प्रमोटर शेयरलाई साधारण शेयर सरह कारोबार गर्ने व्यवस्था गर्नुपर्ने र कमोडिटी मार्केटको थप विकास गर्नुपर्ने माग महासंघले राखेको छ।
यसैयरी महासंघले अन्तिम रूपमा कर कट्टी हुने भुक्तानीको सुचीमा प्राकृतिक व्यक्तिले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट शेयर कारोबार गर्दा प्राप्त भएको पूँजीगत लाभकर पनि समावेश गर्न माग गरेको छ । यसको लागि ऐन मै संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको महासंघले बताएको छ ।