६ मंसिर, २०८१ बिहिबार
10:35:52 PM
१९ बैशाख, २०७९
नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनाको तुलनामा अप्रिलमा पर्यटकको संख्या घटेको
काठमाण्डौं । नेपाल भ्रमणका लागि अप्रिल महिनामा ३५ हजार ८७१ पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनाको तुलनामा अप्रिलमा पर्यटकको संख्या घटेको हो ।
मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि सबैभन्दा धेरै मार्चमा नै पर्यटक नेपाल भित्रिएका थिए ।
सन् २०२१ को अप्रिलमा १ हजार ४६८ जना मात्र पर्यटक नेपाल आएका थिए ।
अप्रिलमा नेपालबाट ५२ हजार ६६३ जना पर्यटक बाहिरिएका छन् ।