३० कार्तिक, २०८१ शुक्रबार

10:45:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किसान आलुुखेतीमा आकर्षितः नगदेबाली आयस्तर परिवर्तनको माध्यम

Nepal Business

१९ बैशाख, २०७९

लोर्पावासी मकै, गहुँ, जौँ रोप्दा दुःख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् ।

किसान आलुुखेतीमा आकर्षितः नगदेबाली आयस्तर परिवर्तनको माध्यम

जुम्ला । हिजोआज जुम्लाको पातारासी गाउँपालीकास्थित लोर्पा गाउँका किसान आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । 

सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा लोर्पा गाउँ पुगिन्छ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी  मकै, गहुँ, जौँ रोप्दा दुःख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् ।

घर खर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलु खेतीबाट हुने गरेको स्थानीयवासी बताउँछन् । 

घर खर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलु खेतीबाट हुने गरेको स्थानीयवासी बताउँछन् ।  स्थानीयवासीले उत्पादन गरेको कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीय बासिन्दा बताउँछन् ।

विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषिखेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिनुभयो ।

खलङ्गा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीबाट आयात हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताउनुभयो ।