८ मंसिर, २०८१ शनिबार

12:46:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुन पदमा कति उम्मेदवारले लिए मनोनयन फिर्ता ?

Nepal Business

१९ बैशाख, २०७९

स्थानीय तहका वडा अध्यक्ष र सदस्य पदहरुमा उम्मेदवारी फिर्ता लिनेको संख्या अधिक देखिन्छ ।

कुन पदमा कति उम्मेदवारले लिए मनोनयन फिर्ता ?

काठमाण्डौं ।  आगामी वैशाख ३० गतेको स्थानीय तहा निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुमध्ये ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन् । 

यसरी मनोनयन फिर्ता लिनेहरुमा महानगरपालिका प्रमुख, उप– प्रमुख, उपमहानगरपालिका प्रमुख र उप– प्रमुखहरु छैनन् । केवल स्थानीय तहका वडा अध्यक्ष र सदस्य पदहरुमा उम्मेदवारी फिर्ता लिनेको संख्या अधिक देखिन्छ ।