२२ बैशाख, २०८१ शनिबार

11:22:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारत चीनबीचको व्यापारमा वृद्धि

११ पुस, २०७८

भारत चीनबीचको व्यापारमा वृद्धि

पुस ११, २०७८
सन् २०२१ मा चीन र भारतबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको छ । यो बर्षको ११ महिनाको तथ्याङ्क हेर्दा भारतको चीनसँगको व्यापार घाटा द्रूत गतिमा बढेको देखिएको छ । 

चिनियाँ राजस्व प्रशासन कार्यालय ९जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्स० को अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार एक खर्ब १४ अर्ब २६ लाख अमेरिकी डलर बराबर पुगेको पुगेको छ । ज्यानुअरीदेखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६।४ प्रतिशतले बढेको बताइएको छ । भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ जुन प्रत्येक वर्ष ३८।५ प्रतिशतले बढिरहेको छ । त्यस्तै भारतले चाहिँ चीनबाट ८७।९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ ।