२१ माघ, २०८१ सोमबार
01:38:23 AM
१८ बैशाख, २०७९
समारोहमा अवकास लिन लाग्नुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानप्रति आभार प्रकट गर्नुभयो ।
काठमाडौँ,
तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकलाई आइतबार प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।
थापा क्षेत्रीसँगै प्रहरी अतिरीक्त महानिरीक्षक प्रद्युम्न कार्की, हरिबहादुर पाल र निरजबहादुर शाहीसहित, १२ प्रहरी नायब महानिरीक्षक तथा तीन प्रहरी वरिष्ठ उपरीक्षकको विदाई गरिएको छ ।
थापा क्षेत्रीसँगै प्रहरी अतिरीक्त महानिरीक्षक प्रद्युम्न कार्की, हरिबहादुर पाल र निरजबहादुर शाहीसहित, १२ प्रहरी नायब महानिरीक्षक तथा तीन प्रहरी वरिष्ठ उपरीक्षकको विदाई गरिएको छ ।
समारोहमा अवकास लिन लाग्नुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा सहयोग पु¥याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानप्रति आभार प्रकट गर्नुभयो ।
कोभिड–१९ को विषम परिस्थितिमा पनि आमनागरिकको सेवामा सदैव क्रियाशील रही गरेको उच्च कार्य सम्पादनको उहाँले प्रशंसा गर्नुभयो ।
सङ्गठनमा सुधार तथा हितका लागि गरिएको प्रयासमा सबैको सहयोग प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनियुक्त प्रहरी महानिरीक्षकले पनि सङ्गठनको श्रीवृद्धिका लागि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।
सेवा निवृत्तपछि पनि सङ्गठनप्रति सदैव सकारात्मक सोच हुने उल्लेख गर्दै सङ्गठन हितको लागि सदैव क्रियाशील हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्य एवं प्रहरी सङ्गठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्य समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गर्नुभयो ।
उक्त अवसरमा आइतबार नै मन्त्रिपरिषद्को बैठकबाट प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएका सिंहले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पु¥याउनुभएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।