८ मंसिर, २०८१ शनिबार
12:52:23 AM
१८ बैशाख, २०७९
‘रे टेलिभिजन एचडी’को उद्घाटन गर्दै सभामुख सापकोटाले आमसञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउँदै आवाजविहिनको आवाज बनाउनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ,
सभामुख अग्निप्रसाद सापकोटाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सबैलाई अपिल गर्नुभएको छ ।
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन युवाको भूमिका अहम हुने उल्लेख गर्दै सक्रियताका साथ लाग्न अनुरोध गर्नुभयो ।
निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन युवाको भूमिका अहम हुने उल्लेख गर्दै सक्रियताका साथ लाग्न अनुरोध गर्नुभयो ।
‘रे टेलिभिजन एचडी’को उद्घाटन गर्दै सभामुख सापकोटाले आमसञ्चार माध्यमलाई प्रविधिमैत्री बनाउँदै आवाजविहिनको आवाज बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रविधिले सञ्चारमा क्रान्ति ल्याएको छ, जसको कारण ससंसार साँघुरो भएको छ, आधुनिक विज्ञानमा टेलिभिजन नवीनतम आविष्कार हो, यसको सही ढङ्गले संयोजन गर्नुपर्ने हुन्छ ।”
उहाँले प्रविधिको विकासलाई सकारात्मक मात्रैभन्दा पनि नकारात्मक पक्षलाई केलाउँदै समग्र विकासलाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
सभामुख सापकोटाले भन्नुभयो, “मलाई युवा पुस्ताप्रति विश्वास छ, ज्ञानको केन्द्रीकरण सामूहिकतामा हुन्छ, युवाले सामूहिक पहलमा धेरै काम गर्न सक्छन् ।”