६ जेठ, २०८१ आइतबार

05:38:00 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

Nepal Business

१८ बैशाख, २०७९

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् ।

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति

काठमाडौँ,

यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मिटर) हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् । 

अमादब्लम ९६,८१४ मिटर० आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनजङ्घा ९८,५८६ मिटर० आरोहणका लागि सात समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण (८,०९१ मिटर) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मिटर) मा चार, धौलागिरि (८,१६७ मिटर) का लागि दुई र ल्होत्से (८,५१६ मिटर) का लागि एक आरोही समूहले अनुमति लिएका छन् ।

त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार÷चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४६ करोड ७५ लाख रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।