८ मंसिर, २०८१ शनिबार
12:53:56 AM
१८ बैशाख, २०७९
मजदूरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो ।
काठमाडौँ,
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आइतबार जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूर कै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आइतबार जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूर कै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गर्नुभयो ।
विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मजदूरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदूर नै बनाउने सोच पाइन्थ्यो ।”
मजदूरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो ।
विभेद र अत्याचार भएपछि मजदूर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ । “त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो” उहाँले भन्नुभयो, “वर्गीय समाज बनेदेखि नै मजदूरलाई विभेद हुँदै आयो ।”
फरक प्रसङ्गमा अध्यक्ष ओलीले अहिले काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदका उम्मेदवार सक्षम र सबल रहेको उहाँले दावी गर्नुभयो । एकजना अनुभवी र अर्का युवा जोश भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उहाँले जिकिर गर्नुभयो ।
हाल प्रमुखका उम्मेदवारले यसअघि प्रमुख हुँदा सकारात्मक काम सुरु गरेको र उपप्रमुख डङ्गोल युवा, महिला, नयाँ पुस्ताका र काठमाडौँका स्थानीयको प्रतिनिधिका रुपमा रहनुभएको उहाँको तर्क थियो । अहिले सबैतिर एमालेका पक्षमा लहर रहेकोसमेत उहाँले दावी गर्नुभयो ।