२१ माघ, २०८१ सोमबार
01:47:46 AM
१८ बैशाख, २०७९
बजेटको आकार बढाउँदा विचार गर्नुपर्ने भन्दै फोरमले मुलुकको खर्च व्यवस्थापनमा संतुलन कायम गर्न सुझाव दिएको छ ।
काठमाण्डौं । पूर्व अर्थमन्त्री फोरमले आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित भएर छलफल गरेको छ ।
बैंठकमा दिगो आर्थिक विकासका लक्ष्य प्राप्ति, दिगो लगानी प्रवद्र्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवद्र्धन, शिक्षा, पर्यटन, निर्यात प्रवद्र्धन, पुँजीगत खर्च वृद्धिलगायतका महत्वपूर्ण विषयमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्नेरगराउने भन्ने विषयमा व्यापक छलफल भएको छ ।
मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत सुधारमा फड्को मार्नुपर्नेमा सहभागीहरुले जोड दिएक छन् ।
बजेटको आकार बढाउँदा विचार गर्नुपर्ने भन्दै फोरमले मुलुकको खर्च व्यवस्थापनमा संतुलन कायम गर्न सुझाव दिएको छ ।
यसैगरी सामाजिक सुरक्षामा खर्च बढ्दै गइरहेकाले राष्ट्रिय सहमतिका आधारमा व्यवस्थापन गर्दै जान फोरमले सरकारलाई सुझाव दिएको छ ।
मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत सुधारमा फड्को मार्नुपर्नेमा सहभागीहरुले जोड दिएक छन् । बजेटको आकार बढाउँदा विचार गर्नुपर्ने भन्दै फोरमले मुलुकको खर्च व्यवस्थापनमा संतुलन कायम गर्न सुझाव दिएको छ ।
उत्पादकत्व वृद्धिमा जोड दिँदै निर्यात प्रवद्र्धन गर्नुपर्ने, प्रोत्साहनसहित विप्रेषणलाई बैंकिङ च्यानलबाट व्यवस्थित तथा बढवा दिने गरी आकर्षित गराउन निर्देशित लगानीका विषयमा पुनर्विचार गर्न पनि फोरमको सरकारलाई सुझाव छ ।
त्यसैगरी कृषि तथा वन क्षेत्रको विकासका लागि जैविक विविधतालाई ध्यान दिई प्रवद्र्धन गरिनुपर्ने विषयमा फोरमले सरकरको ध्यानाकर्षण गराएको छ ।
स्थानीय सरकारलाई बलियो बनाइ स्थानीय घरेलु, साना तथा मझौला व्यवसायलाई स्तरोन्नती गर्दै आवश्यक पूर्वाधारको निर्माण, (कस्टम हायरिङ सेन्टर, कोल्ड स्टोरेज, एग्रो प्रोसेसिङ जोन, भण्डारण, बजार व्यवस्थापन) रोजगारी तथा उत्पादन वृद्धिमा विशेष ध्यान दिनुपर्नेमा पूर्वअर्थमन्त्रीहरुले जोड दिएका छन् ।
आगामी बजेटले नीतिगत सुधारमा फड्को मार्न सकेमात्र वर्तमान अवस्थामा देखिएको कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिने उनीहरुको निष्कर्ष छ ।