३० कार्तिक, २०८१ शुक्रबार
12:07:17 PM
१८ बैशाख, २०७९
स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए ।
जुम्ला । जुम्लामा शनिबार राति परेको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको छ ।
सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, स–साना दाना लागेका थिए, केही बिरुवामा चिचिला पलाउँदै थिए ।
असिनाले सखाप बनायो । उहाँको बगैँचामा स्याउका ९० बोटले फल दिँदै आएका थिए ।
यस पटक किसानले स्याउ पर्याप्त मात्रामा फल्ने आशा गरेका थिए । एकैपटकको असिनापानीले किसानको स्याउ सखाप पारेको छ । बगैँचाभरि स्याउका दाना र चिचिला झरेका छन् । स्याउका बोट रित्तिएका छन् ।
असिनापानीले जिल्लाका अधिकांश क्षेत्रमा स्याउमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । मनग्य आम्दानी हुन थालेपछि पछिल्लो समय किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् ।