१९ बैशाख, २०८१ बुधबार

10:38:46 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी सभामुख पेलोसी युक्रेन भ्रमणमा

Nepal Business

१८ बैशाख, २०७९

युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिनु भएको छ।

अमेरिकी सभामुख पेलोसी युक्रेन भ्रमणमा

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी कीभको अघोषित भ्रमणमा निस्किनु भएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्रम गर्ने भनिए पनि रुसको चेतावनीपछि स्थगित भएको थियो।

युक्रेन भ्रममका क्रममा सभामुख पेलोसीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन्।

हामी विश्वास गर्छौं कि हामी तपाइँको स्वतन्त्रताको लडाइँको लागि धन्यवाद भन्न को लागि तपाईलाई भेट्न आएका छौं। हाम्रो प्रतिबद्धता लडाइँ समाप्त नभएसम्म तपाइँको साथ रहनेछ, पेलोसीले जेलेन्स्कीलाई सो कुरा उल्लेख गरेको भिडियो सार्वजनिक गरिएको छ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो।

त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिनु भएको छ।

यसअघि उहाँले दुई दिन अघिमात्र पनि फ्रान्सेली राष्ट्रपति इमानुयन म्याक्रोँसँग पनि कुराकानी गर्नु भएको थियो।

युक्रेनमा रुसले आक्रमण गरेपछि पछिल्ला समयमा युक्रेनका लागि मानवीय सहायताको खाँचो परेको बताइन्छ।