२१ माघ, २०८१ सोमबार

01:45:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

Nepal Business

१८ बैशाख, २०७९

महानिरीक्षक सिंहले आजैबाट प्रहरीको बागडोर सम्हाल्नु हुनेछ ।

नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

काठमाण्डौं । मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई नेपाल प्रहरीको प्रमुखमा बढुवा गरेको हो ।

सिंह यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीमा कार्यरत हुनुहुन्थ्यो। सरकारले केहि समय अघि रवीन्द्र बहादुर धानुक र सिंहलाई एआइजी वढुवा गरेको थियो। त्यस्तै विश्वराज पोखरल र सहकुलवहादुर थापा केपी शर्मा ओलीको पालामा नै एआइजीमा बढुवा भैसक्नु भएको थियो ।  तत्कालीन सरकारले पोखरेललाई माथिल्लो रोलक्रममा राखेको थियो। 

यी चारैजना प्रहरी महानिरीक्षकको दौडमा थिए। पोखरेल, धानुक र थापालाई पछि पार्दै सिंह आइजिपीमा नियुक्त हुनु भएको हो। बरियताका आधारमा उहाँ तेस्रो स्थानमा रहेपनि सरकारले थापा र पोखरेललाई छाडेर उहाँलाई अघि सारेको हो। 

हालका आईजीपी शैलेश थापा क्षेत्रीले आजैदेखि अवकास पाउँदै हुनुहुन्छ। महानिरीक्षक सिंहले आजैबाट प्रहरीको बागडोर सम्हाल्नु हुनेछ ।