२६ बैशाख, २०८१ बुधबार

08:00:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सूचना संचार प्रविधि दिवस बहिष्कार गर्ने इन्टरनेट सेवा दिने कम्पनीहरुको निर्णय

Nepal Business

१७ बैशाख, २०७९

इन्टरनेट सेवा प्रदायक संघका अनुसार उनीहरुबाट त्यससँग सम्बन्धी कार्यक्रम हुने छैन

सूचना संचार प्रविधि दिवस बहिष्कार गर्ने इन्टरनेट सेवा दिने कम्पनीहरुको निर्णय

काठमाडौँ, 
निजी क्षेत्रबाट इन्टरनेट सेवा दिँदै आएका कम्पनीले यही वैशाख १९ गते मनाउन लागिएको  राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस बहिष्कारको घोषणा गरेका छन् । 

इन्टरनेट सेवा प्रदायक संघका अनुसार  उनीहरुबाट त्यससँग सम्बन्धी कार्यक्रम हुने छैन ।

उनीहरुले आयोजक पनि नबन्ने, प्रायोजन पनिनगर्नै र सहभागी पनि नहुने निर्णय  गरेको जनाइएको छ ।

सरकारमाथि सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा खासै काम नगरेको र वातावरण समेत नदिएको र समस्या सधानामा समेत पहल नगरेको आरोप लगाइएको छ । 

सरकारमाथि सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा खासै काम नगरेको र वातावरण समेत नदिएको र समस्या सधानामा समेत पहल नगरेको आरोप लगाइएको छ । 

उनीहरुले इन्टरनेट कम्पनीहरुलार्इ चर्काे कर लगाएको आरोप पनि लगाएका छन् । 

सरकराले भने उक्त दिवस भव्य रुपमा मनाउन लागेको छ भने नेपाल टेलिकमले छुट अफरको समेत घोषणा गरिसकेको छ ।