८ मंसिर, २०८१ शनिबार

12:54:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काँग्रेस सभापति देउवाद्वारा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन

Nepal Business

१७ बैशाख, २०७९

भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप

काँग्रेस सभापति देउवाद्वारा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन

काठमाडौँ,
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गर्नुभएको छ ।

सभापति देउवाले कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार शनिबार सो उपसमिति गठन गर्नुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

सभापति देउवाले कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार शनिबार सो उपसमिति गठन गर्नुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
 
उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुली रहनुभएको छ । उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ ।

भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप

नेपाली कांग्रेसले भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको सदस्य थप गरेको छ ।

कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज आचार्यको संयोजकत्वमा रहेको भातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको हो ।

उक्त समितिको सदस्यमा प्रकाश पन्त तनहुँ, धना खतिवडा ललितपुर, गोमा केसी ओखलढुङ्गा, डा प्रेमध्वज लामा सिन्धुपाल्चोक, मणि उप्रेती झापा, उत्तम चापागाईँ भोजपुर, रेशम गुरुङ गोरखा, जगत बराम गोरखा, गणेश तिमिल्सिना चितवन,  कुशुम थापा रुकुमपूर्व, मेघराज टण्डन कपिलवस्तु, भोजराज श्रेष्ठ सिन्धुपाल्चोक, निर्मला  खड्का ललितपुर, मोहम्मद जब्बारद्दिन मियाँ तनहुँ रहनुभएको छ ।

यस्तै सिर्जना मल्ल पर्वत, अनिलकृष्ण प्रसाईँ झापा, परोपकार अधिकारी काठमाडौँ, विपीन रामदम चितवन, प्रमोदहरी गुरागार्इँ काठमाडौँ, मधुकर खनाल काभ्रेपलाञ्चोक, वजरङ्ग नेपाली महोत्तरी, लाओस राई नुवाकोट, युवराज पाण्डे स्याङ्जा, सञ्जीव यादव धनुषा, दीपक भण्डारी बर्दिया, क्षितिज भण्डारी कैलाली, सन्तोष कट्टेल सोलुखुम्बु, पुनम लामा काठमाडौँ, सोपानसिंह बोहरा डोटी र हरिहर परियार कञ्चनपुर हुनुहुन्छ ।

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय सदस्य पाण्डेको संयोजकत्वमा भातृ सङ्घ समन्वय एवं परिचालन उपसमिति गठन गर्नुभएको थियो ।