७ जेठ, २०८१ सोमबार

05:05:08 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शंकर पोख्रेलको माओवादीलाई प्रश्न, एमालेले चाहेको समाज र माओवादीले चाहेको समाज फरक हो ?

Nepal Business

११ पुस, २०७८

शंकर पोख्रेलको माओवादीलाई प्रश्न, एमालेले चाहेको समाज र माओवादीले चाहेको समाज फरक हो ?

११ पुस, २०७८

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले समाजलाई बदल्ने हो भने आर्थिक सामाजिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै महासचिव पोख्रेलले जनताले चाहेको विकास र मृद्धिमा राजनीतिक दलहरु एक स्थानमा हुन नसकेका कारण देश विकासको गतिमा पछि परेको बताउनुभयो । पोख्रेलले माओवादी प्रति इंगित गर्दै प्रश्न गर्नुभयो  एमालेले चाहेको समाज र माओवादीले चाहेको समाज फरक हो ? हामी कुरामा विचल्लीत भईरहेका छौं ? समाज यही हो जनता यिनै हुन देश यही हो, सबैले यहीको विकास समृद्धिका लागि राजनीति गरिरहेका छौं भने फरक के मा छ ? दलहरु विकासका मुद्धामा एक हुन नसको प्रति उहाँले दुखेसो पोख्नुभयो । उहाँले जनतालाई विकास र समृद्धिको महशुस गराउन सकिँदैन भने पाँच दल ६ दल मिल्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।