८ मंसिर, २०८१ शनिबार
12:40:34 AM
१७ बैशाख, २०७९
राम्रा प्रतिनिधि छनौट गर्न सबैसँग आग्रह
काठमाडौँ,
नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरी काठमाडौँ महानगरपालिका–१४ बल्खुमा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ ।
उहाँले आफ्नो पार्टीको नेतृत्वमा विकसित देश बनाएर जनताको आर्थिक वृद्धि गरिनेमा जोड दिँदै त्यसका लागि गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
शनिबार आयोजित कार्यक्रममा पार्टीका नेता तीर्थराम डङ्गोलले मुलुकमा लोकतन्त्र स्थापनाका लागि तत्कालीन नगर पञ्चायतको चुनावमा सहभागी भएर उपप्रधानपञ्चमा विजयी भएर निरङ्कुशताका विरुद्ध जनमत तयार गरेको स्मरण गर्नुभयो ।
उहाँले आफ्नो पार्टीको नेतृत्वमा विकसित देश बनाएर जनताको आर्थिक वृद्धि गरिनेमा जोड दिँदै त्यसका लागि गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाले विगतमा कम्युनिष्ट नेतृत्वले स्थानीय विकास पूर्वाधार निर्माणमा आवश्यक कार्य गर्न नसक्दा स्थानीय तहमा रोजगारी वृद्धिका साथै फोहर व्यवस्थापनमा समस्या भएकाले राम्रा प्रतिनिधि छनौट गर्न सबैसँग आग्रह गर्नुभयो ।