२६ जेठ, २०८२ आइतबार
10:12:49 AM
१७ बैशाख, २०७९
शनिबार ज्याकलिनको ७.२७ करोड भारुको सम्पत्ति जफत गरेको हो।
भारत । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही थालिएको छ।
भारतको आर्थिक खुफिया एजेन्सी प्रवर्तन निर्देशनालय (ईडी)ले मनि लण्डरिङ मुद्धामा शनिबार ज्याकलिनको ७.२७ करोड भारुको सम्पत्ति जफत गरेको हो।
करोडौं ठगीको आरोपमा हिरासतमा रहेका सुकेश चन्द्रशेखरसँग ज्याकलिनको नाम जोडिएपछि उनी पनि छानविन तानिएकी थिइन्। ईडीको सोधपुछमा उनले सुकेशले महंगा उपहारहरु दिएको स्वीकारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सुकेशले धोकाधडीबाट आर्जन गरेको अवैध धनको प्रयोग गरेर ज्याकलिनलाई उपहार दिएको भन्दै इडीले छानविन गरी सो वापतको ज्याकलिनको सम्पत्ति जफत गरेको हो।
ज्याकलिन पछिल्ला वर्षमा सुकेशसँग निरन्तर सम्पर्कमा रहेको अनुसन्धानमा देखिएको थियो।