१ जेठ, २०८१ मंगलबार

03:28:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आँखुखोला जलविद्युत कम्पनीको खुद नाफा १६८.५७ प्रतिशतले वृद्धि

Nepal Business

१७ बैशाख, २०७९

यस वर्ष १७ करोड ३७ लाखभन्दा बढी आम्दानी गरेको हो ।

आँखुखोला जलविद्युत कम्पनीको खुद नाफा १६८.५७ प्रतिशतले वृद्धि

काठमाण्डौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ४ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १६८.५७ प्रतिशत बढेको हो ।अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा १ करोड १३ लाखभन्दा बढी थियो । 

गत वर्ष १४ करोड ७८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष १७ करोड ३७ लाखभन्दा बढी आम्दानी गरेको हो । आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा यस वर्ष १४.८० प्रतिशत बढेसँगै नाफामा बृद्धि भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ८० करोड रहेको छ भने जगेडा कोष रकम  २३ करोड २९ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।

 ऋणात्मक रकम भने गत वर्षभन्दा यस वर्ष ६.२८ प्रतिशत कम भएको हो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५.०८ रहेको छ ।