२४ बैशाख, २०८१ सोमबार

09:58:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वुद्ध एयरको टायर पड्किँदा उडान र अवतरण अवरुद्ध

Nepal Business

१७ बैशाख, २०७९

वुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्कका क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ ।

वुद्ध एयरको टायर पड्किँदा उडान र अवतरण अवरुद्ध

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमवुद्ध विमानस्थलमा वुद्ध एयरको जहाजको टायर पड्किँदा विमानस्थलका उडान र अवतरण अवरुद्ध भएको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको वुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ । जहाजमा दुई बालबालिकासहित ७० जना यात्रु थिए ।

अहिले टायर पड्किएको जहाज धावनमार्गमा नै छ । सोही कारण भैरहवा विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको स्रोतको भनाइ छ ।

वुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्कका क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ ।

यात्रुहरुलाई अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको पनि वुद्ध एयरले बताएको छ ।