२१ माघ, २०८१ सोमबार

01:52:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ

Nepal Business

१७ बैशाख, २०७९

सुरक्षा जाँच गर्दा उनीहरुबाट स्रोत नखुलेको १६ लाख रकम बरामद गरिएको छ ।

स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ

काठमाण्डौं । प्रहरीले काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित शनिबार बिहान दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।

सडकमा शङ्कास्पदरुपमा हिडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरुबाट स्रोत नखुलेको १६ लाख रकम बरामद गरिएको छ । 

उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।