७ मंसिर, २०८१ शुक्रबार

11:59:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बगरको उखुखेतीबाट किसानको आम्दानी बढ्यो

११ पुस, २०७८

किसानको दिनचर्यामा परिवर्तन

बगरको उखुखेतीबाट किसानको आम्दानी बढ्यो



काठमाण्डौं, पुस ११
नदीको बगरमा उखुखेती गर्न थालेपछि कञ्चनपुर लालझाडी गाउँपालिका किसानहरुको आम्दानीमा बृद्धि भएको छ । पछिल्लो वर्ष उनीहरुको आम्दानी ३ करोड ३४ लाखभन्दा बढिले बढेको थियो । यसले उखुखेती गर्ने किसानको दिनचर्या मै परिवर्तन ल्याइदिएको छ । 

आव २०७७÷७८ मा बगरमा लगाइएको उखुको उत्पादन ६३ हजार ७ सय ७२ क्वीन्टल भएको थियो । यसबाट किसानले  ३ करोड ३४ लाख ८० हजार ३ सय आम्दानी  गरेका छन् । आव २०७६÷७७ मा ३८ दशमलव ६७ बिघामा उखु लगाइएकामा ३ करोड २१ लाख ९२ हजार ४ सय १ आम्दानी भएको थियो ।

परियोजाका कार्यक्रम संयोजक महेश घिमिरेको अनुसार कृष्णपुर, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा गरी ५ सय ४३ दशमलव  २ बिघा जमिन र दोदा, स्याली, सनवोरालगायत नदीका बगरमा परियोजनाको सहयोगमा उखुखेती लगाउँदै आएको छ  । 

सबैभन्दा बढी बगरमा उखु खेती बेलौरी र पुर्नवासमा गरी २०१, लालझाडी गाउँपालिकामा १२३, शुक्लाफाँटामा ४० र कृष्णपुरमा आठ बिघामा उखु खेती हुदै आएको छ । 
उखु खेतीलगायतमा परियोजनाले स्थानीय तहसँग मिलेर ५३ प्रतिशत रकम लगानी गरेको संयोजक घिमिरेले बताउनु भयो ।