२१ माघ, २०८१ सोमबार
03:33:16 AM
१६ बैशाख, २०७९
आयोगले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय प्रमुख (मालपाते अधिकृत) सुनिल कुमार झा विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले भ्रष्टाचार विरुद्ध मालपात अधिकृत सुनिल कुमार झा विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झा विरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।
जग्गा सम्बन्धी हक सफा मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस मागेको उजुरु परेपछि आयोगले बर्दिवासबाट खटिई गएको टोलीले निज निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झालाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिएको थियो ।