२१ माघ, २०८१ सोमबार

03:37:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दुई किलो बढी सुन तस्करीमा नौलो सेटिङ, विमान सरसफाईकर्मी नै संलग्न

Nepal Business

१६ बैशाख, २०७९

दुई किलो बढी सुन तस्करीमा नौलो सेटिङ,  विमान सरसफाईकर्मी नै संलग्न

काठमाण्डौं । २ के.जी. ३३२ ग्राम सुन सहित ५ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

मिति २०७९वैशाख १५ गते दुबईबाट काठमाण्डौं आगमन भएको हिमालय एयरको बिमान भित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत सरसफाई गर्ने भनी ड्यूटी खटिएका पाँचथर जिल्ला याङवरक गा.पा. वडा नं. ४ स्थायी वतन भएका वर्ष २८ का भिम कुमार माबोले बिमानको शौचालय भित्र फोहरसँगै रहेको सुनको विस्कुटहरु बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थानमा आई वाँडिएको पाइएको छ । 

निजसँगै काम गर्ने सहकर्मी नुवाकोट जिल्ला तादी गा.पा.वडा नं. ५ स्थायी वतन भएका वर्ष २७ को सुमन तामाङलाई बोलाई फोहोरसँगै रहेको सुनको बिस्कुटहरु बाँडी आ–आफ्नो मनि पर्स भित्र लुकाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कने क्रममा निज तथा निजका सरसामानहरु जाँच गरिएको थियो ।

 जाँच गर्ने क्रममा भिम कुमार माबोले बोकी आएको मनि पर्स भित्र टेपले बेरिएको सुनको बिस्कुट थान (१० को अन्दाजी तौल ११६६ ग्राम)अन्दाजी मुल्य रु.९७,९६,७३२ र सुमन तामाङले बोकी आएको मनि पर्स भित्र टेपले बेरिएको सुनको बिस्कुट थान (१० को अन्दाजी तौल ११६६ ग्राम) अन्दाजी मुल्य रु.९७,९६,७३२ लुकाई छिपाई अवैध रुपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

नियन्त्रण पछि सोधपुछ गर्दा उक्त कार्यमा उदयपुर जिल्ला लिम्चुङबुङ गा.पा. वडा नं. २ स्थायी वतन भएका वर्ष २८ को राजेश राई, दोलखा जिल्ला गौरीशंकर गा.पा.वडा नं.२ स्थायी वतन भएका ट्याक्सी चालक वर्ष ४१ को हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत विमान भित्र सरसफाई गर्ने र गराउने भनी सुपरभाईजरको रुपमा ड्यूटी खटिएका सप्तरी जिल्ला सुरुङ्गा न.पा.वडा नं. ४ स्थायी वतन भएका वर्ष ३६ को ताराकान्त चौधरी समेतको संलग्नता रहेको खुल्न आएको हो । 

यस कार्यमा संलग्न निजहरुलाई नियन्त्रणमा लिई बरामद सुन सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताउनु भयो ।  ।