२८ फागुन, २०८१ बुधबार
06:48:32 PM
१६ बैशाख, २०७९
९ महिनाको अवधिमा अनुदानतर्फ ९ अर्ब ४६ करोड २० लाख र वैदेशिक ऋणमा १ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ प्राप्ति भएको छ ।
काठमाण्डौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को चैत महिनासम्म २ खर्ब २२ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाएको छ । यो आन्तरिक र वाह्य दुवै ऋणको योग हो ।
चैत्र मसान्तसम्म सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण उठाएको छ । सरकारले माघपछि आन्तरिक ऋण परिचालन सुरु गरेको हो । त्यसपछि सरकारले १ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।
चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य लिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य लिएको छ । यस अवधिमा बाहृय ऋण तथा अनुदान परिचालनमा समेत लक्ष्यअनुसार उपलब्धि भने हासिल हुन सकेको छैन ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार ९ महिनाको अवधिमा अनुदानतर्फ ९ अर्ब ४६ करोड २० लाख र वैदेशिक ऋणमा १ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ प्राप्ति भएको छ ।
यस अनुसार चालु आवमा सरकारले कुल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ ।
वैदेशिक सहायतातर्फको अनुदानको हिस्सा ७.५१ प्रतिशत हो । अनुदानमा जापानबाट खानेपानी, दक्षिण कोरियाबाट शिक्षा, स्विट्जरल्याण्डबाट शिक्षा, एसियाली विकास बैंकबाट खानेपानी र शिक्षा तथा ग्रीन क्लाइमेट फण्डबाट वातावरणको क्षेत्रमा अनुदान आएको छ ।