२० बैशाख, २०८१ बिहिबार

12:36:22 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ करोड ७ लाखको नक्कली गरगहना आयात

Nepal Business

११ पुस, २०७८

२ करोड  ७ लाखको नक्कली गरगहना आयात

काठमाण्डौं, पुस ११
चालु आर्थिक वर्षको ५ महिनामा नेपालले २ करोड ७ लाख बराबरको नक्कली गरगहना  आयात गरेको छ । यस अवधिमा २ करोड ७ दाख रुपैयाँ नक्कली गहना र ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सुनचाँदी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 


भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तासम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोड रुपैयाँको चाँदी आयात भएको हो ।

नेपालमा चाँदी  हङकङ, स्विटजरल्यान्ड, इण्डोनेसिया, अमेरिका, टर्की, बहराइन, ग्रिस लगायताका देशहरुबाट आयात हुने गरेको विभागले जनाएको छ । 
चालु आवको ५ महिनामा ७ करोड  ९५ लाख बराबरको काँचो सुन आयात भएको छ । यस अवधिमा कुल १ अर्ब ८८ करोडको सुन आयात हुँदा  ५ करोड  ९४ लाख बराबरको सुनको गहना  २ करोड २१ लख बराबरको बहुमूल्य धातु आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा सुन केन्या, जापान, मोरक्को, टर्की, अमेरिका, सिंगापुर, थाइल्याण्ड कतार लगायतका देशहरुबाट आयात हुने गरेको छ ।