२१ माघ, २०८१ सोमबार
03:25:58 AM
१५ बैशाख, २०७९
विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
काठमाण्डौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांक विभागको विस्तृत अध्ययन अनुसन्धानबाट बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष समाप्त हुन तीन महिनमा मात्र बाँकी रहेको अवस्थामा तथ्यांक विभागले यस आर्थिक वर्षमा धेरै ठूलो आर्थिक परिवर्तन नहुने जनाएको छ ।
यस अवधिमा कोरोना प्रभावमा केही कमि भएर अर्थतन्त्र चलायमान हुँदै गएको आधारमा यो अनुमान गरेको विभागले बताएको छ ।
विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसैगरी उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ ।