२१ माघ, २०८१ सोमबार
05:04:09 AM
१५ बैशाख, २०७९
हिजोराति करिब साढे १० बजेतिर आमा–छोरा पर्खालमा चढेर हामफालेका थिए ।
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको छ । उहाँसँगै हामफालेका उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते हुनु भएको छ ।
हिजोराति करिब साढे १० बजेतिर आमा–छोरा पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । उहाँका छोरा मातुरामको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपछि बीर अस्पतालमा थप उपचार भइरहेको छ ।
मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ९ बिराटचोक घर भएका उनीहरु कमेरेटारमा डेरा गरी बस्दथे । उनीहरु दुवैजना डिप्रेशनको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गर्दै आइरहेको भन्ने बुझिन आएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनु भयो ।