१ जेठ, २०८१ मंगलबार

07:39:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

द्रुतरूपमा उपकरण जडान, १११ मेगावाट विद्युत उत्पादन हुने

१५ बैशाख, २०७९

उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको छ ।

 द्रुतरूपमा उपकरण जडान, १११ मेगावाट विद्युत उत्पादन हुने

रसुवा ।  उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा उपकरण जडान कार्य द्रुतरूपमा अगाडि बढेको छ ।

आयोजनाको अधिकांश संरचना निर्माण भएपश्चात्  उपकरण जडान कार्य हाल धमाधम अगाडि बढेको छ । राष्ट्रिय गौरवको जलविद्युत् आयोजना छिटो सम्पन्न गराउन कार्यरत प्राविधिकहरु अहोरात्र खटिएका छन् ।

१ सय ११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिउको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ । दैनिक १२ घण्टा काम हुने गरेको छ ।

भूमिगत संरचनाबाट निर्माण भइरहेको रसुवागढी आयोजनाको विद्युतगृहमा जडान हुने तीन  टर्वाइनलगायत आवश्यक उपकरण जडानमा भोइथ इण्डिया संलग्न रहेको छ । गत पुसदेखि उक्त कम्पनीले उपकरण  जडान थालेको हो ।

१ सय ११ मेगावाट क्षमताको आयोजनाका उपकरण जडान गर्न जिम्मा लिउको भोइथले दैनिक ४६ प्राविधिक परिचालन गरेको छ । दैनिक १२ घण्टा काम हुने गरेको छ ।

उपकरण जडानको ४० प्रतिशत पूरा भइसकेको छ । उपकरण जडान सम्पन्न गर्न अझै एक वर्ष लाग्ने रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख सत्यराम ज्याख्वले बताउनुभयो ।

विद्युतगृह जाने भोटेकोसीस्थित तातोपानीमा पक्की पुलसमेत निर्माण गरी कटान रोक्ने काम अगाडि बढेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वातावरणीय प्रभाव मूल्याङ्कनले तोकेका समुदायमा आधारित कार्यसमेत सु–सम्पन्न गरिसकेको छ ।