२१ माघ, २०८१ सोमबार

05:04:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

म्याग्दीको पुनःनिर्माणको क्रममा रहेको सडकमा दुर्घटना : एकको मृत्यु एक घाइते

Nepal Business

१५ बैशाख, २०७९

मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ ।

म्याग्दीको पुनःनिर्माणको क्रममा रहेको सडकमा दुर्घटना : एकको मृत्यु एक घाइते

म्याग्दी,
म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा विहिबार विहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । 

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । 

किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई  सामान्य चोट लागेको छ । 

बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ ।