३० कार्तिक, २०८१ शुक्रबार

01:38:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उन्नत जातको बीउ प्रयोग गरी धानको उत्पादन बढाउन अर्थमन्त्रीको निर्देशन

Nepal Business

१४ बैशाख, २०७९

बुधबार मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो

उन्नत जातको बीउ प्रयोग गरी धानको उत्पादन बढाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ,

अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । 

“दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन”, उहाँले भन्नुभयो ।

बुधबार मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो । 

“दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु तर तपाईंहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित बिहीबार पुनःछलफलमा आउन निर्देशन दिनुभयो । 

“हामीले उन्नत जातको बीउ प्रयोग ग¥यौँ भने यसै वर्षदेखि कम्तीमा तीनगुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौँ”, उहाँले भन्नुभयो, “मङ्सिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौँ भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।”

उन्नत जातको बीउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उहाँले बताउनुभयो ।