८ मंसिर, २०८१ शनिबार

07:28:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण : गत वर्षभन्दा रु ५४ बढी

Nepal Business

१४ बैशाख, २०७९

सरकारले गत आर्थिक वर्ष ०७८/७९ का लागि समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ तोकेको थियो ।

गहुँको समर्थन मूल्य  प्रतिक्विन्टल ३ हजार १६५  निर्धारण :  गत वर्षभन्दा रु ५४ बढी

काठमाडौँ,

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । 

 

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैंठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

 

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैंठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले चालुु आर्थिक वर्ष २०७९/८० को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो । सरकारले गत आर्थिक वर्ष ०७८/७९ का लागि समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १११ तोकेको थियो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टल रु ५४ ले बढाएको हो । यस्तैगरी, गत आर्थिक वर्ष ०७७/७८ का लागि रु तीन हजार १५ निर्धारण गरिएको थियो । 

सरकारले प्रत्येक वर्ष गहुँ, धान तथा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गरेको छ ।