२१ माघ, २०८१ सोमबार

04:47:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सशस्त्रका अर्याललाई एआइजीको दज्र्यानी चिह्न प्रदान

Nepal Business

१४ बैशाख, २०७९

बढुवासँगै यही १८ गते महानिरीक्षक केसीले अनिवार्य अवकास पाउने भएकाले त्यसपछिको प्रहरी महानिरीक्षकमा उहाँका लागि ढोका खुला भएको छ ।

सशस्त्रका अर्याललाई एआइजीको दज्र्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएका राजु अर्याललाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उहाँ सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति हुनुभएको हो । 

नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उहाँ सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति हुनुभएको हो । 

महानिरीक्षक केसीले आज हल्चोकस्थित सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित समारोहमा पदोन्नति हुनुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई हार्दिक बधाई दिँदै सङ्गठनमा रहेर सिर्जनशील, चेतनशील रहँदै सकारात्मक सोचकासाथ राष्ट्रको सुरक्षा र आमनागरिकको सेवा तथा साङ्गठनिक विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सरकारले पदोन्नति गरेको बताउनुभयो ।

नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतले निःस्वार्थ भावनाका साथ फौजी संस्कार र पद्धतिको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य गर्ने निर्देशन पनि दिनुभयो । 

विसं २०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर हुनुभएको थियो ।

बढुवासँगै यही १८ गते महानिरीक्षक केसीले अनिवार्य अवकास पाउने भएकाले त्यसपछिको प्रहरी महानिरीक्षकमा उहाँका लागि ढोका खुला भएको छ ।