२१ माघ, २०८१ सोमबार

04:41:46 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

१४ बैशाख, २०७९

शनिबार र आइतबार  सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

परीक्षणका रुपमा लागू हुने गरी मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

दुई दिन सार्वजनिक बिदा दिएसँगै सरकारले कार्यालय समय भने बढाएको छ । सरकारले कार्यालय समय विहान ९ः३०  देखि ५ः३० सम्‍म बढाइएको हो।