८ मंसिर, २०८१ शनिबार
12:55:32 AM
१४ बैशाख, २०७९
सरकारमा रहेका दलहरु आजका मितिमा पनि चूनाव सार्ने षडयन्त्रमा लागिरहेको उहाको आरोप छ ।
काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अहिलको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेद्वार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चूनौति हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
उहाले चूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको तर्क गर्नुभयो । पौडेलले एमालेले जित्दा मुलुकको समृद्धि र बिकास अघि बढ्ने भएकाले जनताका लािग जीत हासिल गर्नुपर्ने धारणा राख्नुभयो । सरकारमा रहेका दलहरु आजका मितिमा पनि चूनाव सार्ने षडयन्त्रमा लागिरहेको उहाको आरोप छ ।
उहाले जतिसुकै कोसिस गरेपनि समयमा नै निर्वाचन गर्न र एमालेलाई बिजयी हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो । पौडेलले स्थानीय तहमा जितको सुरुवात गर्दै प्रदेश र केन्द्रको निर्वाचनमा बिजयी हुँदै एमालेको एकल नेतृत्वको सरकार गठन हुने बताउनुभयो ।
उहाले तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एमालेले शानदार बिजयी हासिल गर्ने दावी गर्नुभयो ।