८ मंसिर, २०८१ शनिबार
12:24:45 AM
१३ बैशाख, २०७९
वित्तीय एकाधिकार दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या देखापरेको
काठमडौँ,
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले अहिलेको आर्थिक सङ्कट देखापर्नुमा अघिल्लो सरकारका गलत नीति नै जिम्मेवार रहेको बताउनुभएको छ ।
मङ्गलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाहीको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो ।
मङ्गलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाहीको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो ।
उहाँले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको बताउनुभयो । उहाँले अहिले देखापरेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएकोमा जोड दिनुभयो ।
“पार्टी पनि सरकारले गरेको पक्षमा छ, सरकारले गरेको निर्णयमा पार्टीको समर्थन छ । कारबाही गर्ने समय र पस्थितिबारे त सरकारले अवश्य पनि सोचेरै गरेको होला, त्यो सरकारले मूल्याङ्कन गरेको होला”, गुरुङले भन्नुभयो ।
उहाँले वित्तीय एकाधिकार दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या देखापरेको बताउनुभयो ।
खुला बजार अर्थतन्त्र, निजीकरण, उदारीकरण चिन्तनले कृषिलगायत राष्ट्रिय उद्योग विस्थापन हुनुको साटो वित्तीय एकाधिकार पूँजीमा भर पर्नुपर्ने अवस्था देशमा सिर्जना भएको उल्लेख गर्दै गुरुङले परनिर्भरता बढ्दै गएको बताउनुभयो ।
उहाँले परनिर्भरतलाई न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउने राज्यको भूमिका हुनुपर्ने तर त्यो विगतमा नभएको बताउनुभयो ।