८ मंसिर, २०८१ शनिबार
12:21:31 AM
१३ बैशाख, २०७९
निर्वाचन आयोगले निर्धारण गरेको दर्ता शुल्क बुझाउनु पर्ने व्यवस्था अनुसार उम्मेद्वारले शुल्क सहित आफ्नो मनोनय दर्ता गराएका छन् ।
काठमाण्डौं । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेद्वारले उम्मेद्वारी मनोनयनका लागि ७ करोड २७ लाख २९ हजार बुझाएका हुन ।
निर्वाचन आयोगका अनुसार देशभर ७ सय ५३ पालिकमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वाडा अध्यक्ष र वडा सदस्य पदका लागि १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले निर्धारण गरेको दर्ता शुल्क बुझाउनु पर्ने व्यवस्था अनुसार उम्मेद्वारले शुल्क सहित आफ्नो मनोनय दर्ता गराएका छन् ।
१४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।