२६ बैशाख, २०८१ बुधबार

02:02:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्बपति इलन मस्क ट्वीटरका मालिक, ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता

Nepal Business

१३ बैशाख, २०७९

यससँगै लाखौं प्रयोगकर्ताले भरिएको ट्वीटरको नियन्त्रण विश्वका धनी व्यक्तिको हातमा

अर्बपति इलन मस्क ट्वीटरका मालिक, ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता

काठमाण्डौं । अर्बपति इलन मस्क ट्वीटरका मालिक बन्नुभएको छ ।

समाचार एजेन्सी ‘रोएटर्स’ का अनुसार अन्ततः मस्कले ट्वीटरको सम्पूर्ण स्वामित्व ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता मस्क र ट्वीटरबीच भएको छ । 

यससँगै लाखौं प्रयोगकर्ताले भरिएको ट्वीटरको नियन्त्रण विश्वका धनी व्यक्तिको हातमा पुगेको छ । 

मस्कले ट्वीटर खरिद गर्नका लागि ४६.५ अर्ब डलर लगानी सुरक्षित जुटाएका थिए । लगानी जुटाएको खबर सार्वजनिक भएपछि ट्वीटरका सेयरधनीहरुले पनि बिक्रीका लागि बोर्डलाई दबाब दिएका थिए ।

यसअघि भने मस्कको प्रस्तावपछि ट्वीटरले रक्षात्मक बन्दै ‘पोइजन पील’ लागू गरेको थियो ।