६ जेठ, २०८१ आइतबार

08:55:51 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

Nepal Business

१२ बैशाख, २०७९

नाट्टाले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत माग गरेको छ

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौँ,

पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाले सोमबार एक विज्ञप्ति जारी गरी सरकारले ‘विमानस्थल सेवा शुल्क नियमावली–२०७८’ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु रु तीन हजार पु¥याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो ।

“कोभिड–१९ पछि विस्तारै चलायमान हुने सकारात्मक सङ्केत देखिन थालेको र पर्यटन आगमन क्रमशः बढ्न लागेको अवस्थामा सरकारी निकायबाट विभिन्न समस्या देखाउँदै बारम्बार पर्यटन व्यवसायलाई प्रतिकूल प्रभाव पार्ने गरी निर्णय भएकोमा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनसमेत अध्यक्ष थापाले आग्रह गर्नुभयो । नाट्टाले पर्यटन व्यवसायसँग सम्बन्धित नीति, नियम निर्माण गर्दा सरोकारवालासँग समन्वय गरी निर्णय लिनसमेत माग गरेको छ ।