२४ बैशाख, २०८१ सोमबार

04:32:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालको हवाई सुरक्षा दर वृद्धि

Nepal Business

१२ बैशाख, २०७९

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ

नेपालको हवाई सुरक्षा दर वृद्धि

काठमाडौँ,

अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । 

नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो । 

नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा माथि रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

 प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप अधिकारीले आइकाओको अडिट टोलीले हालै गरेको एयर सेफ्टी अडिटबाट औसतभन्दा ३ प्रतिशत वृद्धि गर्दै नेपालको आकाश सुरक्षित रहेको सन्देश दिन सफल भएको बताउनुभयो । 

“आइकाओले गरेको नेपालको एयर सेफ्टी अडिटमा विश्वव्यापी औसत दरभन्दा बढी प्रगति गरेको छ । यसले नेपालको आकाश सुरक्षित रहेको र हवाई पूर्वाधारमा प्रगति गरेको सन्देश दिन्छ, यो प्राधिकरणका लागि मात्रै हैन देशकै लागि महत्वपूर्ण उपलब्धि हो”, महानिर्देशक अधिकारीले भन्नुभयो ।

सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार आजको मितिमा एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकामा नेपालले यी दुवै औसत दरभन्दा माथि रही परिपालना दर ७० भन्दा बढी कायम गर्न सफल भएको हो ।

 यसअघि नेपालको परिपालना दर ६७।.०२ प्रतिशत थियो ।