२५ बैशाख, २०८१ मंगलबार

04:13:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साउदीमा ध्वजाबाहक विमान पुग्दा नेपालीमा झल्किएको खुसी...

Nepal Business

१२ बैशाख, २०७९

कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजाबाहक वायुसेवा निगमले अरबको दोस्रो ठूलो मुलुक साउदीमा सिधा हवाई उडान सुरु गरेको हो

साउदीमा ध्वजाबाहक  विमान पुग्दा नेपालीमा झल्किएको खुसी...

रियाद, 
सूर्यचन्द्र अङ्कित राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) रियादस्थित किङ् खालिद इन्टरनेश्नल एयरपोर्टमा जहाजको भीडमा अवतरण हुँदा यहाँ रहेका नेपालीले खुसी व्यक्त गरे । 

साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो ।  

साउदी अरेबियामा नेपाली ध्वजाबाहकको उपस्थिती काठमाडौँको हवाई सम्पर्क सञ्जाल विस्तार मात्रै नभएर नेपालको सान र गौरब पनि हो ।  

नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि ध्वजाबाहक वायुसेवा निगमले अरबको दोस्रो ठूलो मुलुक साउदीमा सिधा हवाई उडान सुरु गरेकामा नेपाली समुदायले खुसी व्यक्त गरेका छन् । 

साउदीमा रहेका चार लाख नेपालीका विभिन्न सङ्घ सङ्गठन र गैर आवासीय नेपालीका संस्थाले ध्वजाबाहकको उपस्थितिले मध्यपूर्वमा नेपालीको छवी थप उचाइमा पुगेको बताएका छन् ।
  
शनिबार राजधानी रियादमा आयोजित कार्यक्रममा नेपाली दूतावासका कार्यबाहक राजदूत दिलिपकुमार पौडेलले नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएको महत्वपूर्ण मुलुक साउदी अरबमा निगमको सिधा उडानले कूटनीतिक सम्बन्धलाई थप बलियो पार्ने मात्र नभइ आर्थिक उन्नतिको ढोका फराकिलो भएको विश्वास व्यक्त गर्नुभयो ।

“निगमले धेरै लामो प्रयासपछि रियादमा सिधा उडान सुरु गरेको छ, यसले निगमको आर्थिक उन्नतिलाई पनि फराकिलो बनाउने र गन्तव्य विस्तार पनि हुनेछ, मुलुकको फ्लाइट क्यारियसको छुट्टै महत्व र पहिचान हुन्छ, यसले मुलुकको प्रवद्र्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो ।