२१ माघ, २०८१ सोमबार

04:55:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विपतका कारण १२ दिनमा २३ करोडभन्दा बढिको क्षती (पूर्णपाठसहित)

१२ बैशाख, २०७९

विपतका कारण १२ जनाको मृत्यु ३९ जना घाइते भएका

विपतका कारण १२ दिनमा २३ करोडभन्दा बढिको क्षती (पूर्णपाठसहित)

काठमाण्डौं । विभिन्न जिल्लामा विपतिका कारण वैशाख १ गतेदेखि १२ गतेसम्म २३ करोड २४ लाख ८१ हजार एक सय रुपैयाँको क्षती भएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा पहिरो, आगलागी, बाढी, भारी वर्षा, चट्यांङ, सर्पदंश, जंगली आगलागी, हावाहुरी, जनावर आतंक, महामारी, हिउँ हुरी, हिउ पहिरो, लेक लाग्नु र डुङगा पल्टेर १२ जनाको मृत्यु र ३९ जना घाइते भएका हुन् ।
वैशाखको १२ दिनमा २ सय घटना हुँदा २ सय ५० परिवार प्रभावित भएका छन् । 

प्राधिकरणका अनुसार चट्याङबाट २ लाख ८० हजार रुपैयाँ, आगलागीबाट २२ करोड ३१ लाख ५४ हजार चार सय रुपैयाँ, जंगली आगलागीबाट ८६ लाख ९० हजार रुपैयाँ, हावाहुरीबाट ३ लाख १५ हजार रुपैयाँ र जनावर आतंकबाट ४९ हजार ५ सय रुपैयाँका अनुमानित क्षती भएको छ ।