२१ बैशाख, २०८१ शुक्रबार

06:57:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्बको फलफूल आयात, किबीसम्मको बढ्दो आयात

१२ बैशाख, २०७९

उत्पादन योग्य जमिन पनि बाँझै रहँदा फलफूल आयातको अंश बढेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्बको फलफूल आयात, किबीसम्मको बढ्दो आयात

काठमाण्डौं । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अवधिमा देशमा ११ अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको छ ।  उत्पादन योग्य जमिन पनि बाँझै रहँदा फलफूल आयातको अंश बढेको हो । भन्सार विभागको तथ्यांक अनुुसार कूल फलफूल आयात हुँदा नेपालबाट यति ठूलो रकम बाहिरिन पुगेको हो । 

विभागका अनुसार चालू आवको चैत मसान्तसम्म ५ अर्ब ५६ करोड १३ लाख ५३ हजार मूल्य बराबरको ६ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले  ५३ करोड २३ लाख ३७ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ । 

स्याउ चीन सबैभन्दा धेरै मुलुकमा भित्रिएको तथ्याङ्कमा देखिन्छ । चीनबाट मात्र ४ अर्ब ४० करोड ३४ लाख ७७ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट १ अर्ब १५ करोड ५० लाख ८९ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी बिसाउबाट १ लाख ६१ हजार बराबरको स्याउ आयात भएको विवरण छ । 

विभागका अनुसार चालू आवको चैत मसान्तसम्म ५ अर्ब ५६ करोड १३ लाख ५३ हजार मूल्य बराबरको ६ करोड ९४ लाख ११ हजार ९४३ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले  ५३ करोड २३ लाख ३७ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६४ करोड ६५ लाख २४ हजारका २ करोड ४० लाख ८ हजार ९५७ केजी ताजा अङ्गुर आयात भएको देखिन्छ । त्यसबाट सरकारले ८ करोड ३४ लाख ६२ हजारर राजस्व सङ्कलन गरेको जनाइएको छ । 

नेपालीले नौ महिनाका अवधिमा १ अर्ब ३१ करोड १८ लाख १ हजार बराबरको केरा आयात गरेको छ । चालू वर्षको चैत मसान्तसम्म कूल चार करोड ६१ लाख ७७ हजार ४५८ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले  १३ करोड ६९ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । 

विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । नौ महिनाको अवधिमा मात्रै १ अर्ब २० करोड ८८ लाख ६१ हजार बराबरको २ करोड २२ लाख ५३ हजार ९९१ केजी सुन्तला आयात भएको छ । 

यसैगरी  चैत मसान्तसम्म ९७  लाख ८८ हजार ७६३ केजी अनार आयात भएको छ । त्यसका लागि १ अर्ब १करोड ८४ लाख ७६ हजार रकम बाहिरिएको छ ।

खरबुजा १ करोड तीन लाख ४७ हजार ८६० केजी बराबरको आयात भएको छ । सो खरबुजाको आयात मूल्य  २७ करोड ४३ लाख १४ हजार बराबर छ । 

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार चालू आवको नौ महिनामा ४७ लाख १६ हजार ८६० केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य मात्रै १६ करोड ५२ लाख २६ हजार बराबर छ । 

नास्पाती १९ लाख ६६ हजार १९ केजी  १३ करोड ५० लाख ६७ हजार बराबरको आयात भएको छ । भुँइकटहर २३ लाख ६४ हजार ६६६ किलो  १० करोड ६० लाख ९१ हजारको आयात भएको छ । 

व्यावसायिकरुपमा खेती गर्न सकिने किबी १ लाख ९६ हजार ७२ किलो आयात भएको छ । त्यसको आयात मूल्य ४ करोड ६३ लाख ७३ हजार आयात मूल्य देखिन्छ । १ लाख ५६ हजार ४५९ किलो एभोगाडो रु चार करोड ३८ लाख ३६ हजार बराबरको आयात भएको छ ।