२१ माघ, २०८१ सोमबार
04:29:45 AM
११ बैशाख, २०७९
विद्युत् उत्पादन, सिँचाइको व्यवस्था, पर्यटन प्रवद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै समृद्धिको मार्गमा अघि बढ्न सकिने
काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति कार्यालयमा आइतबार पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले उक्त कुरामा जोड दिनुभएको हो ।
राष्ट्रपति कार्यालयमा आइतबार पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले उक्त कुरामा जोड दिनुभएको हो ।
महत्वपूर्ण राजनीतिक परिवर्तनपछि समुन्नत राष्ट्र बनाउने सङ्कल्प गरिरहँदा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने विषयमा हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै उहाँले सामाजिक–आर्थिक समृद्धि हासिल गर्ने महान् अभियानमा अग्रसर हुन कृषिको आधुनिकीकरण एवं त्यसको व्यावसायिकीकरण अपरिहार्य भएको बताउनुभयो ।
कोभिड–१९ को महामारी र भूकम्पले अर्थतन्त्रका आयामहरूमा अवरोध पु¥याएको यथार्थ प्रस्तुत गर्दै राष्ट्रपतिले जलसम्पदाको उचित उपयोग गर्दै विद्युत् उत्पादन, सिँचाइको व्यवस्था, पर्यटन प्रवद्र्धन, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै समृद्धिको मार्गमा अघि बढ्न सकिने बताउनुभयो ।