७ मंसिर, २०८१ शुक्रबार
06:57:13 PM
११ बैशाख, २०७९
चुनावी संकल्पमा कांग्रेसले अनावश्यक भ्युटावर नबनाउने बाचासहित पाँच हजार सुत्केरी भत्ता वितरण गर्ने र मृत्यु संस्कार खर्च पनि व्यहोर्ने प्रतिवद्धता
काठमाण्डौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी संकल्प सार्वजनिक गरेको छ।
आइतबार ‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर’ नारा सहितको संकल्प सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नुभएको हो ।
चुनावी संकल्पमा कांग्रेसले अनावश्यक भ्युटावर नबनाउने बाचासहित पाँच हजार सुत्केरी भत्ता वितरण गर्ने र मृत्यु संस्कार खर्च पनि व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
कांग्रेसले समुन्नत नेपालको राष्ट्रिय अभियान पूरा गर्न तीनवटै तहको नेतृत्व गर्न चाहेको पनि बताएको छ।