२५ बैशाख, २०८१ मंगलबार

04:57:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जपानमा २६ जना पर्यटक बोकेको डुंगा बेपत्ता

Nepal Business

११ बैशाख, २०७९

डुंगामा रहेका २६ यात्रुमध्ये २ जना चालक दलका सदस्य र २ बालबालिका रहेका छन्।

जपानमा २६ जना पर्यटक बोकेको डुंगा बेपत्ता

एजेन्सी । जपानको उत्तरी टापु होकाइडोमा पर्यटक बोकेको डुंगा बेपत्ता भएको छ । डुंगा स्थानीय समय अनुसार शनिबार दिउँसो सवा १ बजेसम्म सम्पर्कमा रहेको जापानी अधिकारीले बताएका छन् । उनीहरुका अनुसार डुगांले २६ जना पर्यटक बोकेको थियो । 

काजु १ नाम गरेको उक्त डुंगाले ३ घण्टामा आफ्नो यात्रा पूरा गरी फर्किसक्नुपर्ने थियो। तर समयमा नपुगेपछि डुंगा दुर्घटनामा परेको अनुमान लगाइएको र खोजबिन गर्दै जादा डुबेको पुष्टी भएको जनाईएको छ ।

डुंगामा रहेका २६ यात्रुमध्ये २ जना चालक दलका सदस्य र २ बालबालिका रहेका छन्। उक्त जहाँजमा लाइफ ज्याकेट भएपनि त्यहाँको तापक्रम  शुन्य डिग्रीमा झरेको छ।