२१ माघ, २०८१ सोमबार

04:39:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

Nepal Business

११ बैशाख, २०७९

बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर र खाल्डोमा परेर गैँडा मरेको

चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्यांक छ। 
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका छन् । बुढो भएर, बाघको आक्रमणबाट, दलदलमा फसेर र खाल्डोमा परेर गैँडा मरेको उहाँले जानकारी दिनुभयो । 

गैँडाको संख्या बढेसँगै प्राकृतिक कारणले मर्ने संख्या पनि बढ्दै गएको उहाँको भनाइ छ । निकुञ्जले प्राकृतिक कारणबाट गैँडाको मृत्यु घटाउन आवश्यक सावधानी अपनाउने काम भइरहेको तिवारीले बताउनुभयो । 

वर्षाको समयमा प्राकृतिक कारणबाट धेरै गैँडा मर्ने गर्दछन् । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी हुँदा प्राकृतिक मृत्यु त्यसै क्षेत्रमा बढी हुने गरेको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पश्चिमी क्षेत्रका गैँडालाई पूर्वमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

पानी र घाँसे मैदान व्यवस्थापन राम्रो गरेर पश्चिमका केही गैँडा पूर्व लैजानसकेमा प्राकृतिक मृत्यु केही घटाउन सकिने निकुञ्ज प्रशासनको अनुमान छ ।

पछिल्लो गणना अनुसार चितवनमा ६९४, बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा रहेका छन् । कूल संख्या ७५२ रहेको छ । 

रासस